पिसिआर परिक्षण नि:शुल्क गरी चेकजांचको दायरा बढाए मृत्युदर केही हदसम्म कम गर्न सकिने : बुद्धिजिवीहरु

कोरोना संक्रमणका कारण एकजना वृद्धको मृत्यु,

38

संतोष रन्जितकार
वीरगंज, १८ कार्तिक ।
कोरोना भाईरसका कारण एकजनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराउन आएका एकजना वृद्धको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको हो ।
सोमबार उपचारका लागि अस्पताल भर्ना भएका धोबिनी गाउँपालिका वडा नम्बर ४ निवासी ५० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चिकित्सक डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार श्वासप्रश्वास र उच्च ज्वरोको समस्या लिएर दिउँसो अस्पताल भर्ना भएका उनको उपचारको क्रममा साँझ साढे ४ बजे तिर मृत्यु भएको थियो ।
वीरगंजमा कोरोनाको परिक्षणको दायरा घटेसंगै संक्रमितहरु संख्या पनि घट्न पुगेको छ । त्यसमाथि झन सरकारले पिसिआर परिक्षण गरेको शुल्क लिने भनेपछि गरिब निमुखा जनताहरु पिसिआर परिक्षणबाट बञ्चित हुने भएका छन् ।
समयमा चेकजाँच भएर पोजिटिभ देखिएमा तथा स्वास्थ्य अवस्था राम्रो भएमा होम आइसोलेसन र स्वास्थ्य अवस्था नराम्रो भएमा अस्पतालमा भर्ना भई अस्पताल आइसोलेसनमा बसेर कोरोनाबाट केही हदसम्म बच्न सकिन्थ्यो । तर समयमा परिक्षण नगर्दा पोजिटिभ समेत हुनेले पोजिटिभ भएको थाहा नपाएपछि साधारण जिवनयापन गरिरहंदा कोरोनाले मानिसको शरीर भित्रै आफ्नो डेरा जमाएर बस्ने गरेको तथा भित्रभित्रै शरीरलाई असर गर्ने गरेको कारणले गर्दा स्थास्थ्य अवस्था एकदमै खराब भएपछि मात्रै अस्पताल लग्ने गरेको कारणले बढी मृत्यु हुने गरेको चिकित्सकहरु तथा बुद्धिजिवीहरुको भनाई रहेको छ ।