लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न प्रहरी र जनसमुदाय एकजुट भएर अगाडी बढ्नुपर्छ : वक्ताहरु

लागुऔषध दुव्र्यसनी सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

58

संतोष रन्जितकार
वीरगंज, १८ कार्तिक ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ र राईजि· बिरगंज नेपालले संयुक्त रुपमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । राईजि· नेपाल तथा छपकैया सामुदायिकले बिरगंज महानगरपालिका वडा नम्बर ८ स्थित डेसिमल कलेजमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।
कलेजमा आयोजित जनचेतना मुलक कार्यक्रममा कलेजका ११ मा अध्यनरत ५० जना विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसनी सम्बन्धि जनचेतना गराइएको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ का कोषाध्यक्ष प्रेम कुमारी सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक कुमार साह रहनु भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक साहले लागुऔषध सेवनको कारण मानिसहरुको मृत्युदर दिनप्रतिदिन बढ्दै गएको तथा प्रहरी हिरासतमा समेत लागुऔषध सम्बन्धी बढी मुद्दा आउने गरेको तथ्यांक रहेको बताएका थिए । लागुऔषध दुव्र्यसनीले स्वास्थ्यलाई असर पर्नुको साथै परिवारलाई, समाजलाई र राष्ट्रलाई समेत असर पर्ने भएकोले आफु पनि यसबाट टाढा रहने र अरुहरुलाई पनि टाढा राख्ने समेत आग्रह गरेका थिए ।
यस्तै अर्का वक्ताले लागु औंषध सेवनको सुरुआत नै चुरोट रहेको, फेसनको रूपमा चुरोट खाने र पछि गएर बानी लागेपछि यसबाट निस्कन नसक्ने भएकोले बेलैमा सजक रहन अनुरोध गर्दै जीवन भन्दा सुन्दर चिज अरु केही पनि नरहेको र आफ्नो सुन्दर जीवनसंग कसैले पनि कम्परमाईज नगर्न र परिवार, समाज र राष्ट्रको लागि जिउनु पर्ने बताएका थिए ।
त्यस्तै अर्का वक्ताले अभिभावकहरु आफ्नो छोरा छोरीहरु पढन जाने र पढेर आएपछी उसको व्यवहार, साथी संगत, अन्य दिनहरु भन्दा फरक क्रियाकलाप गरेको छ छैन ध्यान दिने गरेमा बच्चाहरु लागुऔषधको कुलतबाट बेलैमा बचाउन सकिने बताएका थिए ।
त्यसै गरि लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्नको लागि हामी प्रहरी र समुदाय सबैले हातेमालो गरेर अगाडी बढ्न जरुरी रहेको सुझाव दिएका थिए भने लागुऔषधले युवा पिडीहरुलाई गलत दिशा तर्फ लगि रहेको बताएका थिए । यस दुव्र्यसनीलाई रोक्न जनचेतनामुलक कार्यक्रमहरु नै अति उतम उपयोगी रहेको बताए ।

कार्यक्रममा डेसिमल कलेजका निर्देशक डा.शुष्मा तिवारी द्विबेदी, कलेजका अध्यक्ष सन्नी दुबे, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरका अध्यक्ष राम सर्राफ, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका अध्यक्ष विदुर गुप्ता, राइजि· वीरगञ्ज नेपालका आरजु खान, प्रहरी बिट छपकैया–२ का प्रहरी सहायक निरीक्षक रामेश्वर प्रसाद यादव लगायतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।
स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैया–२ का सचिब प्रबिण बिक्रम शाहले गरेका थिए भने कार्यक्रम सञ्चालन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका सदस्य अजित भुजेलले गरेका थिए ।