सशस्त्र प्रहरी बाराद्वारा लागु औषध बरामद

45

मनोज साह
जितपुर बारा, १९ कार्तिक ।
सशस्त्र प्रहरी बाराले ठूलो मात्रामा लागुुऔषध बरामद गरेको छ । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ९ स्थित रहेको झरोखर पोखरी सिमाबाट ४ सय ५० पिस लागुुऔषध बरामद भएको सशस्त्र प्रहरी नायब उपरिक्षक रञ्जित भण्डारीले बताउनु भयो ।
बरामद लागुुऔषधमा डाईजोपाम १ सय ५० पिस, नुुर्फिन १ सय ५० पिस र हाईडोक्लोराईड १ सय ५० पिस रहेका छ । छिमेकी देश भारतबाट लागुुऔषध लिएर आउँदै गरेको व्यक्ति सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर फरार भएको सशस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णजितले जानकारी दिनुुभयो ।
बरामद लागुुऔषधलाई आवश्यक कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरिक्षक कर्णजितले बताउनु भएको थियो ।