सांसद यादवले गरे निर्वाचन क्षेत्रको अनुगमन

34

संतोष रन्जितकार
वीरगंज, १९ कार्तिक ।
जनता समाजवादीका केन्द्रिय सदस्य तथा सांसद प्रदिप यादव निर्वाचन क्षेत्रको अनुगमनमा जुटेका छन् । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले जनताको धारणा सुनेर बिकाश निर्माणको योजना बनाएर कार्यन्वयनमा लाग्ने बताए । बिकाश निर्माणको योजना बनाउन तथा जनताको समसामयिक समस्या बुझ्नको लागि अनुगमन शुरु गरिएको उनले बताए । जनताको कुरा सुन्नका लागि हामीले घरदैलो गरीरहेका छौ, सांसद यादवले भने । त्यहिअनुसार क्रमबद्ध रुपमा समस्या समाधान गरिनेछ ।
उनले बुधबार वीरगञ्ज महानगरपालिका वार्ड नं. १३ र १४ को राधेमाई टोल भ्रमण गरे । अनुगमनमा वडाध्यक्षद्वय भरत कुर्मी, तुफान अंसारीलगायत स्थानिय भद्रभलाद्मी बुद्धिजिबी ब्यक्ति नेता तथा कार्यकर्ताको उपस्थिती थियो ।