सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुको सुरक्षाको ख्याल गर्दै सांसद यादवद्वारा मास्क तथा सेनिटाईजर वितरण

26

संतोष रन्जितकार
वीरगंज, १९ कार्तिक ।
लामो समयदेखि बन्दाबन्दीका कारण प्रभावित भएका सामुदायिक विद्यालयहरु स्थानीय सरकारको निर्णय अनुसार आउने आइतबारदेखि खुल्ने भएपछि विद्यार्थीहरुको सुरक्षाको लागि सांसद प्रदिप यादव अगाडी आएका छन् । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले बुधबार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको प्रयोगको लागि मास्क र सेनिटाईजर वितरण गरेका हुन् ।

सांसद यादवले पहिलो चरणमा माईस्थान विद्यापिठ मा.वि, श्री सुन्दरमल राम कुमार कन्या मा.वि, त्रिजुद्ध उच्च मा.वि., श्री ने.रा.उच्च मा.वि.श्रीपुर तथा त्रिभुवन हनुमान मा.वि.मा प्रत्येक विद्यार्थीहरुलाई पुग्ने गरि ४ हजार मास्क तथा सेनिटाइजर वितरण गरीएको बताए ।
कारोना भाइरसको जोखिम बालबालीकामा बढि रहेकाले संकमणबाट बालबालिकालाइ जोगाउने उद्देश्यका साथ विद्यालय संचालन हुनु अगावै मास्क तथा सेनिटाईजर प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई उपलब्ध गराइएको सासंद यादवले बताए ।
मास्क वितरणको क्रममा सांसद यादवले स्थलगत अनुगमन गर्दैै स्कुलका प्राधानाध्यापक तथा व्यवस्थापन समितिबाट आएको सुझाव र समस्याहरू क्रमबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

विद्यार्थीलाई संक्रमणबाट बचाउन शिक्षक तथा अभिभावकहरुको अहम् भुमिका हुने भएकाले यस तर्फ विद्यालय तथा परिवारजनले खास ध्यान दिनुपर्ने अवस्था रहेको व्यवस्थापन समितिका सदस्यहरुका साथ छलफलको क्रममा उनले भने । दोस्रो चरण अन्तगंत बाकी रहेका बिद्यालयहरूमा बिहिबार मास्क तथा सेनिटाइजर बितरण गरिने कार्यक्रम रहेको छ ।