नेपाली कांग्रेस पर्साद्वारा घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता

134

संतोष रन्जितकार
वीरगंज, २० कार्तिक ।
नेपाली कांग्रेस पर्साले घरदैलो कार्यक्रमलाई गति प्रदान गरेको छ । नेपाली कांग्रेस पर्साले वीरगंज महानगरपालिका वडा नं. १६ नगवामा घरदैलो कार्यक्रम गरेको हो ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति बिजय सरार्फको अध्यक्षतामा सो घरदैलो कार्यक्रम सम्पन्न गरिएको थियो । घरदैलोसंगै पार्टी प्रवेश कार्यक्रम पनि गरिएको सभापति सर्राफले जानकारी दिएका थिए ।


सो क्षेत्रमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुमा संघिय समाजवादी फोरमका पूर्व जिल्ला सदस्य प्रभु साह कानु, शिव प्रसाद कोइरी, विशाल मेहता, प्रेम मेहता, कुनाल मेहता लगायत १६९ जनाले बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुलाई टिका लगाई स्वागत गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी, पूर्व सांसद अनिल रूंगटा, वीरगंज महानगरपालिकाका उपमेयर शान्ती कार्की, अरबिन्द गुप्ता, नेपाली कांग्रेस पर्साका महानगर अध्यक्ष भोला कलवार, वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, समाज सेवी रामनारायण कुर्मी, वडा नम्बर ७ का वडा सदस्य जितेन्द्र सिंह, वीपी कोइराला युवा नेतृत्व विकास मंच पर्साका अध्यक्ष हरेन्द्र यादव, दिलिप राज कार्की, मेराज आलम, पूर्व नेबि संघका केन्द्रीय सदस्य सुधिर पटेल, रोशन लामिछाने, मिंटू सिंह लगायतको उपस्थिती रहेको थियो ।