नेपाल सितोरियो कराते खेलाडीद्वारा मन्दिर सरसफाइ

33

मनोज साह
जितपुर बारा, २१ कार्तिक ।
नेपाल सितोरियो कराते शाखा डोजो जितपुरले मन्दिर परिसरको सरसफाइ गरेको छ । जितपुरमा रहेको ५ ओटा मन्दिरको शुक्रबार सितोरिया कराते शाखाले सरसफाइ गरेको हो ।
कराते शाखाले शिव मन्दिर, बंगाली बाबा मन्दिर, दुर्गा मन्दिर र बजारमा दुईवटा रहेको मन्दिरलाई सरसफाइ गरेको थियो । जितपुरमा निर्माणाधिन सडकले गर्दा मन्दिरको प्रा·णमा धेरै फोहोर भएको र पुजा गर्न आउने भक्तजनहरुको सास्ती खेप्न परेकोले डोजोले सामाजिक उतरदायित्व पुरा गर्न सरसफाइ गरिएको सह प्रशिक्षक मनोज कुमार साहले बताउनुभयो । खेलाडीहरुले खेलकुद सँगै सामाजिक कार्यमा सहभागिता जनाएर समाजप्रति आफ्नो जिम्मेवारी बहन गरिरहेको प्रति समाजसेवी घनश्याम गिरीले खुशी ब्यक्त गरेका थिए ।