भारतको रक्सौलको विधानसभाको निर्वाचनका कारण सिमानाका बन्द

88

संतोष रन्जितकार
वीरगंज, २१ कार्तिक ।
सीमावर्ती भारतको रक्सौल विधानसभा अन्तर्गतको तेस्रो चरणको निर्वाचन शनिबार हुने भएकाले त्यस अगावै २४ घण्टा नेपाल भारत सीमानाका बन्द गरिएको छ । कोरोना संक्रमणका कारण नेपालतर्फ चैतदेखि नै नाका बन्द रहेपनि अन्य नाकाबाट भारत छिर्नेहरुलाई समेत कडाइ गरिएको रक्सौलका थाना प्रबाही अभय कुमारले जानकारी दिए ।
चुनावलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतको बैरगनियादेखि बगहा, वाल्मीकि नगरसम्म रहेको नेपाल भारतको सीमा बन्द गरिसकिएको छ ।
विहारमा तेस्रो तथा अन्तिम चरणको निर्वाचन भोलि हुँदैछ । २४३ कुल विधानसभा सिटमध्ये यसअघि पहिलो र दोस्रो चरणमा क्रमश: ७१ र ८४ सिटका लागि चुनाव भइसकेको छ।
विहारका उत्तरी १५ जिल्लाहरूमा पश्चिम चम्पारण, पूर्व चम्पारण, सीतामढी, मधुवनी, सुगौली, अरिया, मधेपुरा, पूर्णिया, कटिहार, किशनगंज, सहरसा, दरभंगा, बैशाली, मुज्जफरपुर र समस्तीपुर जिल्लामा चुनाव हुँदैछ। ७८ सिटमा वाल्मिकीनगर, रामनगर, नरकटियागंज, बागाहा, लौरिया, सिकटा, रक्सौल, सुगौली, चिरैया, ढाका, रीगा, बथनाहालगायत क्षेत्रमा चुनाव हुँदैछ।