मुल्यसूची नराखेको तथा उपभोक्तालाई ठगी गर्ने २ पसललाई जरिवाना

110

संतोष रन्जितकार
वीरगंज, २१ कार्तिक ।
मूल्यसूची नराखी उपभोक्तासंग मनलागी रकम असुल गर्दै आएका बीरगंजमा दुई ब्यापारिक पसललाई दण्डीत गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको नेतृत्वमा बिभिन्न निकायका प्रतिनिधि सम्मीलीत अनुगमन टोलीले अनुगमनको क्रममा मूल्यसूची नराखी मनलाग्दी रकम लिएको पाएपछि पसललाई दण्डीत गरिएको वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण कार्यालय वीरगञ्जका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिनुभयो ।


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय वीरगञ्जका निरीक्षण अधिकृत जित बहादुर भण्डारीको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, कँजुमर आई नेपाल, वीरगञ्ज उधोग वाणिज्य संघ सहितको टोलीले वीरगञ्ज बजारको अनूगमन गर्दा मूल्य सूची नराखेको पाइएपछि दुईवटा पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल जरिवाना गरिएको थियो ।
टोलीले गुलाब एण्ड सन्स वीरगञ्ज, श्रीराम ट्रेडिंग, वीरगञ्ज १० आदर्शनगर पर्साले मूल्य सूची नराखेकोले ५०/५० हजार रुपैया जरिवाना गरिएको थियो ।