सांसद यादवद्वारा दोस्रो दिन पनि विद्यालयहरुमा मास्क तथा सेनिटाइजर वितरण

34

संतोष रन्जितकार
वीरगंज, २० कार्तिक ।
सामुदायिक विद्यालयहरुमा सांसद प्रदिप यादवले दोस्रो दिन पनि मास्क तथा सेनिटाइजर वितरण गरेका छन् । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले दोस्रो चरण अन्तर्गत दोस्रो वीरगंजका सामुदायिक बिधालयहरूमा मास्क तथा सेनिटाईजर वितरण गरेका हुन् । मास्क तथा सेनिटाइजर वितरण कार्यक्रम अन्तर्गत सांसद यादवले वीरगञ्जको नरसिंह मा.वि. तथा सिद्धार्थ मा.वि पिपरामा बिहिबार २ हजार पिस मास्क तथा सेनिटाइजर वितरण गरेका छन् ।
यसका साथै उनले कोरोनाको संक्रमणकालमा सुरक्षित पठन पाठनका विद्यालयमा भइरहेको पुर्व तयारीको बारेमा स्थलगत अनुगमन गरी दुवै विद्यालयको अवस्थाको बारेमा शिक्षक शिक्षिका, प्रधानाध्यापकको साथमा जानकारी लिएका थिए ।
कोरोनाको जोखिमको बेला संचालन हुन लागेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको सुरक्षाको लागि सांसद यादवले सो सामग्रीहरु वितरण गरेका हुन । उनले विद्यालयका शिक्षक–शिक्षिका तथा प्रधानाध्यापकहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी पठन पाठन गराउन आग्रह गरेका थिए ।
उनले बाकी रहेका बिधायलहरूमा क्रमबद्ध रूपमा बितरण गरिने कार्यक्रम रहेंको जानकारी गराएका थिए । साथै अनुगमनको क्रममा स्कुल का प्राध्यापक र व्यवस्थापन समितिबाट आएको सुझाव र समस्याहरू क्रमबद्ध रुपमा समाधान गर्ने प्रतिबद्धता जाहेर गरे ।