सामुदायिक सेवा केन्द्र कुम्हालटोल र जेष्ठ नागरिकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

41

संतोष रन्जितकार
वीरगंज, २० कार्तिक ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल–५ र बिरगंज महानगरपालिकाको वडा नं. ५ को कार्यालयको संयुक्त आयोजनामा जेष्ठ नागरिकसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वडा नं. ५ को कार्यालयको भवनमा आयोजित सो कार्यक्रम वडा नम्बर ५ का वडा अध्यक्ष तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका संरक्षक प्रदीप चौरसियाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी रहनु भएका थिए ।


वडा अध्यक्ष चौरसियाले कार्यक्रममा उपस्तिथि भएका २० जना जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य बिमा कार्ड समेत बितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चौरसियाले बिमा कार्ड हुने जेष्ठ नागरिकले सहजै रुपमा सरकारले तोके बमोजिमको नि:शुल्क उपचार तथा औषधी पाउने बताएका थिए । उनले आजदेखि जेष्ठ नागरिकको नि:शुल्क स्वास्थ बिमा सुचारु गरिएको तथा आफ्नो वार्डमा भएका सम्पुर्ण जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य बिमा गराई बिमा कार्ड बितरण समेत गर्ने जानकारी गराएका थिए ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमल राज पण्डित, पत्रकार ईश्वरचन्द्र गौतम, स्वास्थ्य बिमा संस्थाकी प्रतीनिधि सुनिता दहाल, अशोक कुमार गुप्ता, राम लक्ष्मण रौनियार, फुलमती साह तुरहा, बिमला श्रेष्ठ, बनिता अमात्य, सामुदायिक सेवा केन्द्रका प्रतीनिधिहरु, सामुदायिक सेवा केन्द्रका प्रहरी हवल्दार सुनिता बिक, प्रहरी जवान कुमार बिक लगायत स्थानीय बुद्धिजिबीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संचालन सामुदायिक प्रहरी सेवा केन्द्रका सचीव श्रावण रायमाझी ले गरेका थिए ।