उपभोक्ता हित संरक्षण मञ्च नेपालद्वारा कमिटी विस्तार, पोखरियामा नगर कमिटी गठन

42

संतोष रन्जितकार
वीरगंज, २२ कार्तिक ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पोखरिया नगर कमिटी गठन भएको छ । पोखरिया नगर सभाहलमा शनिबार भगवान साह कानुको अध्यक्षतामा ११ सदस्यीय पोखरिया नगर कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा राजकपुर राउत, सचिवमा गुल्सन त्रिपाठी, कोषाध्यक्षमा धु्रुवतारा केवट, सदस्यहरुमा सहजान खातुन, श्याम बहादुर यादव, जितेन्द्र पटेल, अशोक साह, लोकेन्द्र बहादुर साह, सिताराम साह र मैजुन खातुन रहेका छन् ।
भेलामा उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य धिरज शर्माले बजारमा माछा, मासु र मिठाईका अब्यवस्थित पसलहरुलाई ब्यवस्थित बनाउने अभियान चलाउन आग्रह गनुृ भयो । उहाँले उपभोक्ताको हित रक्षाका लागि संबैधानिक प्रबन्धहरु रहेको चर्चा गर्दै स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा बजार अनुगमन समिति बन्ने उहाँले जानकारी दिनु भएको थियो ।


केन्द्रिय सदस्य शर्माले बजारमा उपभोक्ताको हित प्रतिकूलका गतिविधि नियन्त्रण गर्न र त्यस्तो गर्नेलाई दण्डीत गर्न समितिलाई अधिकार रहेको चर्चा गर्नु भयो । कार्यक्रममा उत्पादक आफै पनि उपभोक्ता भएको चर्चा गर्दै उपभोक्ताको जीवनसंग कसैले खेलवाड गर्न नहुने बताउनु भयो ।
मुनाफाको लागि उपभोक्ताको हित बिपरितको काम गर्नेलाई छुट नदिइने वातावरण बनाउन मंचले सक्रियता देखाउन आवश्यक रहेको बताउनु भयो । बस्तु र सेवा उपभोग गर्ने उपभोक्तालाई आफुले तिरेको मुल्य अनुसार सामानको क्वालिटि, सहि वजन र उचित मुल्य भएको हुनुपर्ने चर्चा गर्दै तिरेको रकम बराबरको बिल बिजक अनिवार्य लिनु उहाँले अपिल गर्नु भयो ।
त्यसैगरि आजै पर्सा जिल्लाको पकाहा मैनपुरमा पनि मंचको गाउँपालिका कमिटी गठन भएको छ । ललन कुमार पटेलको अध्यक्षतामा ७ सदस्यीय गाउँपालिका कमिटी गठन भएको हो । पकाहा मैनपुरमा भएको भेलामा नवनिर्वाचित अध्यक्ष ललन पटेल र पोखरिया नगर कमिटीका अध्यक्ष भगवान प्रसाद साहले आफनो प्रतिवद्धता मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बीरगंज महानगर कमिटीका अध्यक्ष अजित भूजेलले नवगठित कमिटीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।