पर्साका प्रजिअ तामाङद्वारा सामुदायिक आर्यघाटको उद्घाटन

136

संतोष रन्जितकार
वीरगंज, २२ कार्तिक ।
वीरगंजमा कोरोनाबाट मृत्यु हुनेहरुको शव व्यवस्थापनमा विभिन्न समस्याहरु आएपछि शवदाह गृहको निर्माण गरिएको छ । प्रशासन र स्थानीयबीच वीरगंज–१३ मा रहेको श्रीराम जानकी मठमा शवदाह गृह निर्माण गर्ने सम्बन्धमा बैठक बसेर निर्णय गरेपछि उक्त शवदाह गृहको निर्माण भएको हो ।


वीरगंज महानगरपालिका वडा नम्बर १३ मा रहेको श्री राम जानकी मठ स्थितमा ११ लाख रुपैयाको सहयोग लगानीमा शवदाह गृहको निर्माणको कार्य पूरा भई शनिबार एक कार्यक्रमको अयोजना गरि शबदाह गृहको उद्घाटन गरिएको छ ।
ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको सभापतित्वमा सो उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामा· रहेका थिए । प्रमुख अतिथि तामाङले द्विप प्रज्वलन गरी तथा बेलुन उडाई सामुदायिक आर्यघाटको उद्घाटन गरेका थिए ।


ग्रीनसिटी सामुदायिकका अध्यक्ष जय प्रकाश खेतानले सहयोगीहरुको सहयोग रहे छिटो भन्दा छिटो इलेक्ट्रोनिक शवदाह गृह पनि सञ्चालनमा ल्याउने बताएका थिए ।
कोरोना भाइरसबाट मृत्यु भएका हिन्दू व्यक्तिहरुलाई हिन्दू रितिरिवाज अनुसार अन्तिम संस्कार गर्न पाउन भनी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको विशेष पहल र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा सम्बन्धित सरोकारवालाहरुको सहयोगमा सो शवदाहको निर्माण गरिएको हो भने उक्त शवदाह गृहको नाम सामुदायिक आर्यघाट नामाकरण गरिएको छ ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, पर्सा प्रहरी उपरीक्षक मनोजित कुँवर, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह, वडा प्रहारी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी, पर्सा जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक लेखनाथ पुरी, बिरगंज महानगरपालिकाका सर्फुदिन अन्सारी, बिरगंज वडा नम्बर ११ का वडा अध्यक्ष प्रधुम्न सेढाइ, वडा नम्बर १३ का वडा अध्यक्ष तुफान अन्सारी, वडा नम्बर २३ का वडा अध्यक्ष अवधकिशोर कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, वेलफेयर सोसाइटीका सुरेश रुङ्टा, समाजसेवी अकलेश साह, युवा समाजका अध्यक्ष कमल चौगाइ, मुकेश खेतान, चन्द्र अग्रवाल, सन्जय शर्मा, ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायत सञ्चारकर्मी र स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।