राजावादी समुह वीर गोर्खाली एटीएफद्वारा मोटरसाईकल र्‍याली

275

संतोष रन्जितकार
वीरगंज, २२ कार्तिक ।
राजावादी समुह वीर गोर्खाली एटीएफ नामक संस्थाले मोटरसाईकल र्‍याली निकालेको छ । वीरगंज महानगरपालिकाको बसपार्कबाट शनिबार सो मोटरसाईकल र्‍याली निकालिएको हो ।
राजावादी समुह वीर गोर्खाली एटीएफ नामक संस्थाले राजा सहितको हिन्दू अधिराज्य, अखण्ड नेपाल, सहितको माग राख्दै मोटर साइकल र्‍याली राष्ट्रिय झण्डाको साथ भब्य रुपमा राजा आउ देश बचाउ, लोकतन्त्र गणतन्त्र धोखा हो, देश लुट्न पाइदैन, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो लगायतका नाराहरु लगाउंदै र्‍याली निकालिएको थियो ।


वीर गोर्खालीका केन्द्रिय सदस्य एवम सल्लाहकार बिरेन्द्र थापाको नेतृत्वमा बिरगंज को बसपार्क बाट सुरु भएको र्‍याली पवरहाउस चौक, घण्टाघर, माइस्थान चौक, आदर्शनगर चौक, छपकैया पोखरी हुंदै पुन: घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । कार्यक्रमको केन्द्रिय सदस्य सल्लाहकार बिरेन्द्र थापा एवम प्रमुख अतिथि अधिवक्ता देवेन्द्र लाल नेपाली लगायतले आ–आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । देशमा लोकतन्त्र गणतन्त्र आएको हो कि लुटतन्त्र, जनताले चाहे अनुसारको सत्ता शासन नभएको कारणले दु:ख पीडा भोग्नु परेको र नेताका आसेपासेको चल्ती रहेको, जनताले न्याय न पाउने, न्यायको लागि पनि संघर्ष गर्नु पर्ने, यस्तो सरकार चाहिदैन, लोकतन्त्र गणतन्त्र चाहिएन, राजा आउ देश बचाउ भन्ने भनाइ बक्ताहरुको रहेको थियो ।


कार्यक्रममा रहेका बीर गोर्खालीका केन्द्रिय संयोजक संतोष राजावादी, अभियान्ता संजोग श्रेष्ठ, पर्सा संयोजक बिजय श्रेष्ठ, हिरा बहादुर चन्द, समाज सेवी पशुपति बिक्रम शाह, अनु राणा लगायतको उपस्थित रहेको थियो ।