वर्तमान नेकपा सरकार जनतामा भन्दा सत्ता र पार्टीमा व्यस्त रहेको छ : सांसद यादव

विभिन्न पार्टी परित्याग गरी १ सय २५ जना जसपामा प्रवेश

45

संतोष रन्जितकार
वीरगंज, २२ कार्तिक ।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले नेकपा सरकार जनतालाई दु:ख परेको बेला पनि सत्ता र पार्टी जोगाउन व्यस्त रहेको तथा वर्तमान नेकपा सरकारको लागि जनता भन्दा सत्ता प्यारो रहेको आरोप लगाएका छन । जनता समाजवादी पार्टी बीरगंज–२१ वडा ईकाई समिति परवानीपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सांसद यादव यस्तो बताएका हुन् ।


कार्यक्रममा बोल्दै सांसद यादवले अहिले कोरोना भाइरसको महामारीले विश्व नै थमेको बेला हाम्रो नेपाल पनि अछुतो नरहेको भएपनि यस महामारीबाट जनतालाई जोगाउन र राहत दिने काम सरकारको भएको तर अहिलेको सरकार सत्ता र पार्टी जोगाउन मात्र व्यस्त रहेको र नेकपा भित्रको आन्तरिक बिबादका कारण जनतालाई सास्ती भोग्नु परेको बताए ।


अहिलेको परिस्तिथिमा जनता भोकले र रोगले आफै बच्नु पर्ने रहेको र न सरकार न प्रतिपक्षकै अनुभूति जनताले पाएको भन्दै दुख व्यक्त गरे । उनले सरकारले यस्तो कठिन परिस्थितीमा एउटा रोडम्याप तयार गरेर अगाडी बढेर जनताको हितमा काम गर्नु पर्ने भएपनी सरकारले जनतालाई बेवास्ता गरेर यस महामारीबाट ज्यान जोगाउन गाह्रो भएको सम्पूर्ण जनतामाथि झन आर्थिक भार थपेको छ ।
जनता समाजवादी पार्टी आज तेस्रो शक्ति देखिदा पनि सम्पुर्ण मधेशवादी र आफनो हक अधिकारका लागी संघर्षरत रहेका सम्र्पुण शक्तिहरु एक जुट भएर अगाडी बढेपछी झन बलियो रूपमा प्रस्तुत हुने विश्वास लिएको बताए । अबको संघर्ष मधेशमा मात्र नभई देशमा एकसाथ हुने सांसद यादवले दावी गरेका थिए ।


कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय २५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए भने जसपाका नेताहरुले नवप्रवेशीहरुलाई फुलको माला तथा टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।
वीरगंज महानगरपालिका वडा न.२१ जनता समाजवादी पार्टीका ईकाइ अध्यक्ष निरन्जन पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सासंद जन्नत अंसारी, जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष वासुदेव यादव, जिल्ला सदस्य नागमणि उपाध्याय, संसदीय प्रतिनिधि घनश्याम गुप्ता, समाजवादी युवा फोरमका केन्द्रिय सचिव सरोज यादव लगायत नेता कार्यकर्ताको उपस्तिथी थियो ।