सूचना हक सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

34

संतोष रन्जितकार
वीरगंज, २२ कार्तिक ।
सूचना हक सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वीरगंजस्थित डेसिमल कलेज प्रा.लि.को सभाहलमा शनिबार सो एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सो प्रशिक्षण कार्यक्रम डेसिमल कलेजका कोर्डिनेटरको अध्यक्षतामा सुचना हक सम्बन्धि प्रशिक्षण सञ्चालन गरिएको थियो । नेपाल सरकारको कार्यालय होस् वा नेपाल सरकारको मान्यता प्राप्त संघ संस्थासंग जनताले सहज रुपमा कसरी सुचना पाउने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । सूचनाबाट कुनै पनि निकायले बन्चित गर्न नहुने तथा कसैले सुचना लुकायो या दिन मानेन भने सरकारले तोकेको माथिल्लो निकायमा गुनासो गर्न सक्ने ब्यवस्था रहेको सुचनाको हकको राष्ट्रिय संजाल नेपाल प्रदेश नम्बर २ का केन्द्रिय सदस्य मुकेश कुशवाहाले बताएका थिए । सुचना हकको लागि राष्ट्रिय संजाल नेपाल प्रदेश नम्बर २ का एवम पर्सा जिल्ला अध्यक्ष मनोज रौनियारले कलेजका बिद्यार्थी तथा स्थानीयहरुलाइ प्रशिक्षण दिएका थिए ।


सो प्रशिक्षण कार्यक्रममा कलेजका विद्यार्थी दिपाली साह, स्मृति कुमारी, रुना श्रीवास्तब, प्रभु प्रसाद रौनियार, श्री राम कुशवाहा, सलामत हुसेन लगायत स्थानीयहरु र प्रहरीहरुको सहभागीता रहेको थियो ।