पहिलो फेलोशिप इन्ट्रा कल्ब साइकल प्रतियोगिता सम्पन्न, हृतिक अग्रवाल भए प्रथम

138

बिरगंज ।
बिरगंजको होटेल मकालु देखि बगही १२ कि.मी सम्मको बिरगंज मै पहिलो फेलोशिप इन्ट्रा कल्ब साइकल प्रतियोगिता समपन्न भएको छ।बिरगंज साइक्लिङ्ग प्रतियोगिता संजय अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियोे भने साइक्लिङ्ग प्रतियोगिताको प्रमुख अतिथि बिरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी रहेका थिए ।

कार्यक्रममा मेयर सरावगीले बोल्दै बिरगंजमा पहिलो पटक बिरगंज साइक्लिङ्ग कल्बले आयोजना गरेको कार्यक्रममा भाग लिनेहरुको नयाँ जोश जागर उत्साह देखियो कोरोना को त्रास बाब्जुद पनि युवा तथा महिला पुरुष बिद्यार्थीहरु को सहभागिता ले कार्यक्रम उत्साहित भएको र स्वास्थ को लागी पनि निकै राम्रो रोचक प्रतियोगिता भएकोले मेयर सरवागी ले सम्बोधन बोल्दै बिरगंज का लागि हरित चक्र लेन को बनाउने समेत प्रतिबद्धता जनाएका थिए।

पहिलो फेलोशिप इन्ट्रा कल्ब साइकल प्रतियोगिता मा २१ जान साइकल खेलाडी भाग लिएका थिए भने प्रमुख अतिथि ले प्रतियोगिता पहिलो हृतिक अग्रवाल पहिलो दोस्रो बद्री बहादुर अधिकारी तेस्रो अनुप अग्रवाल लाई ट्रफी प्रमाणपत्र लगायत बाकी का खेलाडीहरु लाई प्रमाण पत्र मेडेल प्रदान गरिएको जानकारी प्रतियोगितामा सहभागी एक खेलाडी मोहित अग्रवालले जानकारी दिए। कार्यक्रममा कार्यक्रम मा गोबिन्द साह दिपक टिब्रेवाल लगायत बिशेष ब्यक्तिको सहभागीता रहेकोे थियोे ।