वीरगंजमा विश्व रेडियोग्राफी दिवस मनाईयो

75

संतोष रन्जितकार
वीरगंज, २३ कार्तिक ।
बीरगन्जमा विश्व रेडियोग्राफी दिवस मनाईएको छ । नेपाल रेडियोलोजीकल सोसाइटीको आयोजनामा आईतबार रेडिग्राफि दिवस मनाईएको हो ।
सोसाइटीका प्रदेश नं. २ का संयोजक प्रदिप कुमार साहको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल इण्डो हस्पिटलका निर्देशक चन्द्रशेखरले रेडियोलोजी सोसाइटीमा आवद्ध भएका परिवारलाई बिशेष छुट र आवश्यक्ता अनुसार नि:शुल्क रुपमा उपचार गर्ने घोषणा गरेका थिए ।
यसअघि पनि एम्बुलेन्स चालकका परिवारलाई नि:शुल्क उपचार गर्ने घोषणा गर्नुभएको उहाँले रेडियोलोजीमा आवद्ध भएका परिवारको पनि विशेष छुट र अवस्था हेरेर नि:शुल्क गर्न सकिने घोषणा गरेका हुन् ।
अरु स्वास्थ्य संस्थाहरुले सेवा भन्दा पनि बढी नाफामुखी भइरहेको अवस्थामा आफुले कमाउने भन्दा पनि सेवा गर्ने अभिप्रायले अस्पताल सञ्चालन गरेको उनको भनाई छ ।
कार्यक्रममा सोसाइटीका केन्द्रिय सदस्य अफ्सर आलम, सोसाइटीका बोर्ड सदस्य डा. रामएकवाल यादब, चन्दन तिवारी, डा. महेश्वर कुर्मी, सुभाष चन्द्र गुप्ता लगायतको उपस्थिती रहेको थियो ।