चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोप

71

अर्जुन गुप्ता,
बिरगंज।
बिरगंजको छ्पकैया वडा नम्बर ३ मा रहेको ॐ हस्पिटलमा १० दिनको शिशुको उपचारको क्रममा मृत्यु भएको र अस्पताल प्रशासनले बेवास्ता गरेको मृतकका आफन्तले आरोप लगाएका छन् । शरीरमा सानो घाउ भएको र खासै कुनै समस्या नभएको आफन्तले जनाएका छ्न ।

पर्सा जगरनाथपुर गाउँपालिका वडा नमबर ४ बस्ने रुकसान खानको १० दिनको छोरालाई सरीरमा सानो घाउ आएको र चेकजाँच गराउन आएकाे थिए । शिशुको उपचारमा संलग्न डाक्टर मनोज गुप्तासंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुनसकेन भने असपताल प्रशासन मौन छ ।