स्रोत नखुलेको रकमसहित जैन पक्राउ

127

संतोष रन्जितकार
वीरगंज, २४ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले स्रोत नखुलेको १६ लाख रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी भइरहेको विशेष सूचनाको आधारमा माईस्थानमा चेकजाँच गर्ने क्रममा नेपाली १६ लाख रुपैया सहित एक जना भारतीयलाइ पक्राउ गरेको हो ।
प्रहरीले बीरगंज महानगरपालिका वडा नं.७ माईस्थानमा चेकजाँच गर्ने क्रममा ना ६४ प ९०५६ नम्बरको मोटरसाईकल सहित भारत पुर्वी चम्मपारण रक्सौल बस्ने बर्ष ५० को कृष्ण कुमार जैनलाई पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेको जैनसहित नगद रकम र मोटरसाईकललाई आफ्नो नियन्त्रणमा लिई जैनमाथि बैंक तथा वित्तिय ऐन सम्बन्धी कसुर शिर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जनाएका छन् ।