उपत्यकामा लकडाउन गर्न मेयरहरूको प्रस्ताव

110

काठमाडौं ।

उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा लकडाउन जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ ।  सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि कडा लकडाउनको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल भन्छन्, ‘संक्रमण बढिरहेको अवस्थामा एकपटक १५ दिन जति कडा लकडाउन गर्न सकिए, न्यूनिकरण गर्न सकिन्थ्यो भन्ने हामी सबैको राय हो ।’ उनका अनुसार हालको स्थितिलाई न्यूनिकरण गर्न पुनः एकपटक कडा लकडाउन गर्नुको विकल्प नभएको मेयरहरुले बताएका छन् ।

बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरहरूलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए।

फाइल: फाेटाे