जसपाद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

42

संतोष रन्जितकार
वीरगंज, २५ कार्तिक ।
जनता समाजवादी पार्टी नेपाल वीरगंज महानगर इकाई समितिले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समितिले हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १८ सुखचैना इनर्वामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा जसपाका पर्सा जिल्ला अध्यक्ष राजेशमान सिंहले कोरोनाको महामारी अहिलेपनि कायमै रहेको हुनाले चाडपर्वहरु बढी हर्षोल्लासका साथ नमनाई शान्तिपूर्ण रुपमा तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा अपनाएर चाडपर्व मनाउन आग्रह गरेका थिए । उनले छठ घाटमा गएर छठ पर्व मनाउँदा बढी भिडभाड हुने तथा कोरोना एक अर्कामा फैलिन सक्ने अवस्था भएकोले आ–आफ्नो घरमै बसेर मनाउन हुन आग्रह गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल पर्साका नेता रघुबिर यादवको सभापतित्व सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य शशि कपूर मियाँ, वरिष्ठ नेता प्रेमबाबू पटेल, युवा नेता मुकेश द्विवेदी, जि.स.स. का सदस्य अमोद यादव, युवा नेताहरू प्रमोद पटेल, अजय महतो, सरोज कुशवाहा, नवीन मण्डल, दलितको बीरगंज महानगर अध्यक्ष सिपलाल राम लगायत नेता, कार्यकर्ता तथा बुद्धिजिबीहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण युवा नेता शशी पाण्डेले गरेका थिए ।