प्रहरी प्रमुख धीरजप्रताप सिंहलाई कोरोना संक्रमण

82

काठमाडौँ ।

प्रदेश नंं २का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । केहि दिनअघि स्वाब दिएका डीआईजी सिंहको पीसीआर परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि भएलगत्तै स्वास्थ्यमा समस्या आएपछि सिंहलाई मंगलबार थप उपचारका लागि जनकपुरबाट काठमाडौँको प्रहरी अस्पताल ल्याइएको छ । सिंहको पारिवारिक स्रोतका अनुसार डीआईजी सिंहको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।