मधेसीहरुको हक अधिकार जनमत पार्टीले मात्र दिलाउन सक्छ : केन्द्रिय सदस्य खान

1,000

संतोष रन्जितकार
वीरगंज २५ कात्तिक ।
जनमत पार्टी पर्साले हिन्दूहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजस्थित रोयल पार्टी प्यालेसमा मंगलबार जनमत पार्टी पर्साका सह–ईन्चार्ज ई. राहुल रौनियार र महिला संठनकाका अध्यक्ष अनिता रौनियारको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५६ जना जनमत पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा दिनेश राउत गद्दी, अहमद मिया धोबी, मनोज कुशवाहा, होस नारायण साह, दिपेन्द्र यादव, लक्ष्मी साह तेली, सैमुलनेसा, रेखा देवी दास, रोहित कुमार, सुरज साह लगायतका रहेका छन् ।
सो कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले कार्यक्रमलाई सम्बोधन गर्दै दलित, जनजाति, मधेसी, पिछडिएका वर्गको हक अधिकार जनमत पार्टीले मात्र दिलाउन सक्ने दाबी गरेका थिए । उनले अरु पार्टीहरुले बिगत लामो समय देखि मधेस र मधेसीको नाममा मत लिए पनि मधेसीको हक अधिकारको लागि केही गर्न नसकेको आरोप समेत लगाएका थिए । पार्टीका संस्थापक सदस्य समेत रहेका खानले हाल कोरोना महामारी कायमै रहेकोले जनताहरुले स्वास्थ्य मापदण्डको पालना गरी चाडपर्वहरु मनाउन आग्रह गरेका थिए ।
नवप्रवेशीहरुलाई पार्टीका केन्द्रिय सदस्य खान, जिल्ला सहईन्चार्ज रौनियार, महिला अध्यक्ष अनिता रौनियार लगायतका नेताहरुले अबिरको टिका लगाई पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश साह, बारा जिल्ला सदस्य करतिक देव पाण्डे, महिला संगठनका उपाध्यक्ष सबो खातुन, सदस्य नगमा खातुन, जगरनाथपुर गा.पा. अध्यक्ष चन्दन चौहान, पर्सागढीका वडा संयोजक राजेश चौरसिया, राजेश यादव लगायतको उपस्थिती रहेको थियो ।