लागुऔषध इन्जेक्सन सहित दुई पक्राउ

43

संतोष रन्जितकार
वीरगंज, २५ कार्तिक ।
पर्सा प्रहरीले लागु औषध इन्जेक्सनसहित २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं.९ रामपुर बस्ने बर्ष २० को रोशन साह कलवार र बर्ष २९ को चन्दन प्रसाद कुशवाहा रहेका छन् ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट सोमबार खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बीरगंज महानगरपालिकाको वडा नं.२५ मौजे सिर्सियास्थित सडक खण्डबाट सुरुमा लागु औषध इन्जेक्सनसहित कलवारलाई पक्राउ गरेको थियो ।
आफ्नो साथी र सवारी साधन कुरिरहेको कलवारको साथबाट लागु औषध फेनारगन ६०० एम्पुल, डाइजेपाम ६०० एम्पुलर नुर्फिन ६०० एम्पुल इन्जेक्सन गरी (जम्मा १८०० एम्पुल) फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कलवारले आफुसंग हातमा लिइ राखेको ब्यागलाई तलासी गर्दा लागु औषध इन्जेक्सन फेला पारी आवश्यक सोधपुछ गर्दा निजकै सुचनाको अधारमा सोही दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराको ठिक बीच बाल मन्दिर अगाडी सडक खण्डबाट ना.२० प ६४२८ नम्बरको मोटरसाइकलमा सवार कुशवाहा समेतलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कार्यालय पर्साले जनाए अनुसार दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धि कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको छ ।