उपभोक्ता हित संरक्षण मंच र प्रदेश तथा स्थानीय सरकारबीच समन्वय विषयक अन्तरक्रिया कार्यक्रम

30

संतोष रन्जितकार
बारा कलैया, २७ कार्तिक ।
स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणका लागि संघ, प्रदेश र स्थानीय सरकार बीच समन्वय बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कलैया उप–महानगरपालिकाको आयोजनामा, द एशिया फाउन्डेसनको सहकार्य र उपभोक्ता हित संरक्षण मञ्च नेपालको प्राबिधिक सहयोगमा आज बाराको वडा न.५ स्थित होटल बरेवा दरबारमा कलैया उप–महानगरपालिकाका उपमेयर रहिमा खातुनको अध्यक्षतामा र मेयर राजेश राय यादवको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा कलैया उपमहानगर पालिकाका प्रसाशकिय अधिकृत प्रहलाद कुमार बर्णबाल, उपभोता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी, प्रदेश न.२ का अध्यक्ष केसि लामिछाने, उपाध्यक्ष दिनेश चन्द गिरि, बिरगंज महानगर कमिटी अध्यक्ष अजित भुजेल , कलैया उपमहानगर कमिटी अध्यक्ष नरेश मोदक , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कृष्ण पगेनि , एसिया फाउन्डेसनका जिल्ला संयोजक नजबुल्लाह अन्सारि , घरेलु तथा साना उद्योग कार्यालय कलैयाका अमोद कुमार यादब , उद्योग बाणिज्य संघ ललैयाका शनि कुमार गुप्ता , बिश्वास एफएम का प्रमुख साजिर मन्सुरी , बारा होटल व्यवसायी संघका अध्यक्ष बिजय कुमार साह , नेपाल तरकारी फलफूल तथा खुद्रा व्यवसायी संघका अध्यक्ष दिपलाल साह लगायतकाको सहभागीता रहेको थियो ।


स्वागत मन्तव्य कलैया उपमहानगर पालिकाका बाताबरण प्रमुख रामजि मन्डलले र कार्यक्रम सहजीकरण उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश न.२ का अध्यक्ष केसि लामिछानेले गर्नु भएको थियो भने केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।