प्रसौनीमा भएको सडक दुर्घटनामा परी एक जना गम्भिर घाइते

63

संतोष रन्जितकार
बारा, २७ कार्तिक ।
बाराको प्रसौनीमा भएको सडक दुर्घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् । करिब साँझ चार बजेको समयमा जिल्ला प्रसौनी गा.पा. बारा वडा नं. २ श्वेतानगर चौकबाट दाहिने तर्फ मोडने क्रममा प्रदेश नं. ३–०१०२२ च ७३१८ नं.को ईको भ्यानमा वीरगंजबाट कलैयातर्फ जाँदै गरेको प्रदेश २–०३००६ प ७८७९ नं.को मो.साले उक्त भ्यानमा ठक्कर खाँदा मोसा चालाक जिल्ला बारा कलैया उपमनपा वडा नं. ३ बस्ने अं.वर्ष २३ को नागेश्वर प्रसाद कुशवाहा घाइते भई उपचारको लागि न्यूरो अस्पताल, वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय प्रसौनी, गण्डकका प्रहरी निरीक्षक ओम यादवले जानकारी गराउनु भयो ।
घाइते कुशवाहाको अवस्था सिकिस्त रहेको प्रनि. यादवले बताउनु भयो । घटनास्थलमा प्रहरी समयमै पुगेका कारण घाइतेको उद्धार भइ उपचारार्थ पठाउन सकिएको तथा ठक्कर दिने गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको बताइन्छ ।
घटनास्थल प्रहरी कार्यालय बाट अं. १ कि.मि.को दूरीमा रहेको बताइएको छ । साथै यससम्बन्धी थप विवरण आउन बाँकी रहेको सई रुद्र बाहादुर श्रेष्ठले बताउनुभयो ।