बाल क्लब सञ्जालको भुमिका विषयक दुई दिने तालिम सम्पन्न

33

संतोष रन्जितकार
वीरगंज, २६ कार्तिक ।
बीरगन्ज महानगरपालिका वडा नं २७ मा बाल क्लब सञ्जालको भुमिका विषयक दुई दिने प्रशिक्षण सम्पन्न भएको छ । बीरगन्ज महानगरपालिकाको आयोजना र युनिसेफ नेपालको सहयोगमा वडा नम्बर २७ मा बाल क्लब सञ्जालको भुमिका विषयक दुई दिने प्रशिक्षण तालिम सम्पन्न भएको हो ।
सो तालिममा समुदायस्तरको बालक्लब र वडास्तरीय बाल सञ्जालमा आवद्ध ३० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।
तालिममा बाल अधिकार, बाल क्लब व्यवस्थापन तथा बाल मैत्री स्थानिय शासनका ३९ वटा सेवा प्रवाह सुचकहरु प्राप्तीका लागी बालमैत्रि सम्पर्क व्यक्ति मुकेश गुप्ता र बालमैत्रि सहजकर्ता जया साहले प्रशिक्षण दिएका थिए । ‘हामी सबैको सरोकार बाल अधिकार’ भन्ने नारासहित पुर्नगठन गरिएको वडा स्तरीय बाल क्लब संजालका पद्दाधिकारीहरुको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले तालिमको आयोजना गरिएको वीरगञ्ज महानगरपालिकाको गैर सरकारी शाखाकी रेनुका ढकालले जानकारी दिइन ।
यसअघि बीरगन्ज महानगरपालिका वडा नम्बर २० र २८ लगायतका क्षेत्रमा भइसकेको बालमैत्रि अभियान कोरोनाभाइरसको महामारीका रोकिएको थियो । अहिले अवस्था सामान्य हुँदै गर्दा बीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीको निर्देशनमा अभियान पुन: सुचारु गरिएको हो ।
यस्ता किसिमको तालिम तथा प्रशिक्षणबाट वडालाई बालमैत्रि वडा घोषणाका लागी आवश्यक सुचकहरुको परिपुर्ती हुने भएकोले अभियानलाई निरन्तरता दिएको गैर सरकारी शाखाका प्रमुख मुकेश गुप्ताले बताए । वडा नम्बर २०, २७ र २८ लाई बालमैत्रि वडा घोषणा गर्ने तयारी लगभग अन्तिम चरणमा पुगेकोले अब लगत्तै घोषणा गरिने बालअधिकारकर्मी समेत रहनुभएको जया शाहले बताए ।