कोरोना संक्रमीत डा०को श्रीमतीलाई आई.सी.यूमा राखेर उपचार गर्दा नारायणी अस्पतालमा तनाव

421

बिरगंज ।

कोरोना पोजिटिव देखिएको चिकित्सकको श्रीमतीलाई नारायणी क्षेत्रिय अस्पतालको आई.सी.यूमा राखेर उपचार गरिरहेको खबर सार्वजनिक भएपछि त्यहाँ भर्ना रहेका बिरामी र उन्का आफन्तजनले बिरोध जनाएको छन। रेडियोलॉजिस्ट डा० संदीप सत्यालको श्रीमती सुषमा सत्याललाई हिजो शुक्रबार आईसीयूमा राखेर उपचार भइरहेको र आज जिम टेस्ट गर्दा कोरोना पॉजिटिव देखिएकोमा आइसाेलेसन सेन्टरमा राख्न नारायणी अस्पतालका चिकित्सक डा० राजिव कुमार सिंहले डा० सन्दिप सत्याललाई भन्दा उनी नटेरेको बताए ।

अस्पतालका अन्य जिम्मेवार ब्यक्तिहरुलाई यस बारेमा जानकारी गराउदा उल्टै धाकधम्की दिने गरेकोले यँहा कायर्रत स्वास्थकर्मी र अन्य बिरामीहरु तनावमा रहेको डा० सिंहले बताउनु भयो । सर्वसाधारण भर्ना गराउन जाँदा पहिला कोरोना नेगेटिभ-पोजेटिभको रिपोर्ट बुझेर मात्र भर्ना लिने नारायणी अस्पतालले डा०को श्रीमती भएको कारणले गर्दा मोलाहिजा गरेर त्यहा भर्ना रहेकोका बिरामी र स्वास्थकर्मीहरु जिवन संग खेलवाड गरिदैछ।

यस सन्दर्भमा नारायणी अस्पतालका प्रवक्ता डा० अतुलेश चौरसिया संग बुझदा उन्ले बिरामीलाई भोलि अन्यत्र सार्ने बताउनुभयो ।

हामीले खोजी गर्न थालेपछी केही बेर अगाडि बिरामीलाई अन्यत्र सारिएको छ।