ग्रीन सिटीले दिपावली तथा छठ पर्वको अवसरमा आदर्शनगरलाई झिलीमिली बनायो

56

संतोष रन्जितकार
वीरगंज, २८ कार्तिक ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले आदर्शनगरलाई झिलीमिली बनाएको छ । ग्रीन सिटीले सामुदायिकले आफ्नै खर्चमा एक लाखको लागतको सो झिलीमिली बत्ती लगाएको हो ।
कोरोना महामारीले गर्दा यस वर्ष कुनै पनि चाडपर्वहरु धुमधामका साथ मनाउन नपाएपनि ग्रीन सिटीले आफ्नै खर्चमा हिन्दुहरुको महान पर्व शुभ दिपावली तथा छठ पर्वको मौका छोपी केही हदसम्म भएपनि ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका कार्यालयका आसपासका क्षेत्रहरुलाई रङ्गीचङ्गी बनाएको हो ।
कोरोना महामारी मानवबाट मानवमा सर्ने भएको हुँदा चाडपर्वहरुमा भिडभाड बढी हुने भएकोले यस वर्ष अरु वर्ष झै अन्य कार्यक्रमहरु (सांगेतिक, नाचगान) लगायतका कार्यक्रमहरु नगरिएको ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानले बताएका छन् ।
कुनै खासै सांगेतिक रमाइलो कार्यक्रम नभए पनि ग्रीनसिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्रको पदाधिकारीको सहयोगमा आदर्शनगरको विभिन्न चौकहरुमा झलमल्ल देखिने आकर्षक झिलीमिली बत्तीहरु जडान गरिएको अध्यक्ष खेतानले बताए ।