ट्रयाक्टरको ठक्करबाट एक वृद्ध घाइते

65

संतोष रन्जितकार
वीरगंज, २८ कार्तिक ।
वीरगंज महानगरपालिका वडा नम्बर ५ मा रहेको कन्या माध्यमिक विद्यालयको गेट नजिक ट्रयाक्टरको ठक्करबाट एक जना वृद्ध घाइते भएको छन । ट्रयाक्टरले बाटो हिडी रहेको ६० वर्षीयको सुनिल चन्द्र दासलाई ठक्कर दिंदा उनी घाइते भएका हुन् ।


वीरगन्ज महानगरपलिकाको सरसफाईमा प्रयोग गर्ने ट्रयाक्टर ना १ त २३८ नम्बर को ट्रयाक्टरले सो वृद्धलाई ठक्कर दिएको हो ।
वीरगन्ज महानगरपलिका सरसफाईमा प्रयोग गर्ने ट्रयाक्टर चालकले मापसे गरी ट्याक्टर चलाएको कारणले गर्दा दुर्घटना हुन पुगेको स्थानीयको भनाइ रहेको छ ।
ठक्करबाट घाइते सुनिल चन्द्र दासलाई नारायणी अस्पतालमा उपचार भइरहेको एक चिकित्सकले जनाएका छन् ।