लागुऔषध सहित एक युवक प्रहरीको फन्दामा

112

संतोष रन्जितकार
वीरगंज, २८ कार्तिक ।
पर्सा प्रहरीले वीरगंजबाट लागुु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय वीरगंजबाट प्रहरी नायब निरिक्षक तुल प्रसाद पुडासैनीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंज १३ मुर्ली निवासी बर्ष १९ का अलि अकतर मंसुरीलाई पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिकाको वडा नं. १५ स्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा बिहिबार सांझ ६ बजे पक्राउ परेका मंसुरीको साथबाट लागु औषध धष्लअष्चभह १० बोतल र नाइट्रोभेट १५० पिस फेला परेको प्रहरी नायब निरिक्षक पुडासैनीले वताए ।
मंसुरीमाथी शंका लाग्दा निजले बोकी ल्याएको झोला खोली हेर्दा लागु औषध फेला परेको थियो । मंसुरीलाई कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी नायब निरिक्षक पुडासैनीले जानकारी गराएका छन् ।