जगत गुरु संत रामपालजीका आनुयायीहरुद्वारा केवल १७ मिनटमा विवाह सम्पन्न गराइयो

528

बीरगंज ।
जगत गुरु तत्वदर्शी संत रामपाल जी महराज को आसिम कृपाले निजका आनुयायीहरु द्वारा संचालित पूर्ण ब्रम्ह कबीर उपासक समाज नेपालले आज बीरगंज को नयाँ बस पार्क स्थित समाजको नामदान केंद्रमा एक समारोह वीच जिल्ला पर्सा, गा.पा. सखुवा परसौनी वड़ा नंबर 4 बस्ने नित्यानंद चौधरीको छोरी वर्ष 20 की पूर्णिमा चौधरी र जिल्ला महोत्तरी नगरपालिका. बर्दिबास वड़ा नंबर 2 बस्ने अंजनी चौधरी को छोरा वर्ष 22 को अजित चौधरीको कुनै बैंड बाजा, नकुनै तामझाम ,नकुनै प्रकारको लेनदेन (दहेज मुक्त) विवाह संपन्न भएको छ |
उक्त समाजले पाखंडवाद अंध विश्वास ,छुवाछुट र दहेज जस्तो सामाजिक कुरीतिहरुको अन्त्य गरी समजमा सदभाव र भाईचारा स्थापना गराऊने गरी मानव अधिकारको पूर्ण पालना गराउने तथा नशामुक्त समाज निर्माण गर्ने मुख्य उद्देश्य रहेको समाज का सदस्य लाल बाबू शाहले जानकारी दिनु भयो।