पोके तस्करहरुद्वारा असई पाण्डेमाथी हातपात

8,505

अर्जुन गुप्ता,

वीरगंज, ७ मंसिर ।

पोके तस्करहरुसँग पैसा पनि खाने र हाकिमको अगाडी चोखो बन्ने नेपाल प्रहरीको सिमामा खटेको असईले खेलेको घृणित खेलको पर्दाफास भएको छ । सामान्यत जिल्ला प्रहरी कार्यालय पर्साले सिमा चौकीको पोष्टमा तिन महिनाको लागि सबैले कमाउने मौका पाउन भन्ने हिसाबले इन्चार्ज बनाएर पठाउने गर्दछ तर तिन महिनाको रोटेशन सिस्टमलाई तोडेर हाकिम रिझाएको कारण असई जयप्रकाश पाण्डे लामो समय देखि त्यहाँ बसिरहेका छन् ।

पोके तस्करहरुसँग रकम उठाउने र बेला–बेलामा सामान समातेर दुःख समेत दिने गरेकोले महिला पोके तस्करहरुले उनको धुलाई गर्दा नाकमा चोट लागेर घाइते भएको दाबी एकथरिकाे भएता पनि असई पाण्डेले तस्करहरुले चलाएको गोलीको छर्रा लागेर आफु घाइते भएको बताएका छन् ।

तर वास्तविकता बेग्लै भएको र हडबडमा हेल्मेट निकाल्न खोज्दा असई पाण्डे आफै घाइते भएको महिलाहरुले बताएका छन् । घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरिक्षक गंगा पन्तले त्यहाँ रहेका पत्रकारहरुलाई अनौपचारिक प्रतिक्रिया दिंदै गोली नचलेको बताउनु भएको हाम्रा सहकर्मीले बताएका छन् ।