नेपाली कांग्रेस कालिकामाई गापा समितिद्वारा बिपद् व्यवस्थापन कोषमा भएको भ्रष्टाचारप्रति ध्यानाकर्षण

74

संतोष रन्जितकार
वीरगंज, ९ मंसिर ।
नेपाली कांग्रेस कालिकामाई गाउँपालिका समितिले एक प्रेस बिज्ञप्ती प्रकाशित गरी गाउँपालिकामा भएको भ्रष्टाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस कालिकामाई गापा समितिले बिपद् व्यवस्थापन कोषको रकम बाँडीचँुडी जनप्रतिनिधिहरु खानु लाज्जस्पद र निन्दनिय रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली कांग्रेस कालिकामाई गाउँपालिका संयोजक राजेन्द्र प्रसाद कुर्मी द्वारा हस्ताक्षरित बिज्ञप्तमा बिपद् व्यवस्थापन कोषको रकममा भएको अनियमितताको छानविन गर्न माग समेत गरिएको छ ।
साथै बिपद् व्यवस्थापन समितिको अध्यक्ष स्वम् गाउँपालिका अध्यक्ष नै रहेको कोषको रकम दुरुपयोग हुन निदनिय रहेको उल्लेख गर्दै गापा अध्यक्षले यस्ता थुपै भ्रष्टाचार गरेको तथा घटनाहरु दबावउन धामधम्की दिने गरेको एवम् सर्वसधारणलाई बिभन्न मुदामा फसाउँने गरेको आरोप लगाउँदै गाउँपालिका अध्यक्षले तत्काल नैतिकताको आधारमा राजनिमा दिनु पर्ने माग समेत नेपाली कांग्रेसले गरेको छ ।
केहि दिन अघि मात्र कालिमाई गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको मिलोमतोमा झण्डै २४ लाख बराबरको अनियमितता भएको समाचारहरु बिभिन्न सञ्चार माध्यहरुमा प्रकाशित भएको थियो ।