नेपाल बाल संगठन पर्साद्वारा सर्लाहीको बालगृहको अवलोकन

26

संतोष रन्जितकार
वीरगंज, १० मंसिर ।
नेपाल बाल संगठन पर्सा र बाल संगठन सर्लाहीले सञ्चालन गरेको बालगृहको अवलोकन तथा निरिक्षण गरेको छ । नेपाल बाल संगठन पर्साको टोलीले सर्लाहीको बालगृहको अवलोकन गरेको हो ।
बाल संगठन पर्साले पनि आफ्नै जिल्लामा बालगृह सञ्चालन गर्ने तयारी गरीरहेको समयमा सर्लाहीको बालगृहको अवलोकन गरी केही जानकारीहरु लिएको थियो ।


संगठनका पर्सा जिल्ला सभापति रामकिशोर सिँह परागको नेतृत्वमा संगठनका सदस्य हेमन्त तामांग, सामाजिक अभियन्ता भेष चौरसिया लगायतको टोली अवलोकन गर्न सर्लाही पुगेको हो ।
सो अवसरमा बाल संगठन सर्लाहीका सभापति समीम खाणले पर्साबाट गएको टोलीलाई विशेष स्वागत गरी बाल संगठन सर्लाहीले सञ्चालन गरेका गतिविधि र आगामी दिनमा गर्ने योजनाहरुको बारेमा पनि अवगत गराउनुभएको थियो ।
साथै पर्सा जिल्ला संगठन र सर्लाहीको संगठनका पदाधिकारीविच बालसंगठनलाई कसरी चलायमान बनाएर क्रियाशिल बनाउने भन्ने बारे पनि छलफल भएको संगठन पर्साका सदस्य हेमन्त तामांगले जानकारी दिनुभयो ।