रक्सौल प्रवेशमा नेपालीहरुलाई रोक, पत्रकार भुजेल माथी दुर्व्यवहार

4,233

सन्तोष रंजितकार,
वीरगन्ज, ११ मंसिर ।
वीरगन्ज र रक्सौल बीचको मितेरी पुलमा बिहीवार भारतीयहरुले नेपाली सवारी साधनलाई रक्सौल प्रवेशमा रोक लगाएका छन् । कोरोना भाईरस संक्रमणका कारण नेपाल सरकारले मंसिर मसान्त सम्मका लागि अन्तराष्ट्रिय सीमा नाका बन्द गरेकोले नेपालतर्फ आउन रोक लगाएको भन्दै रक्सौल पारी देखी आएका भारतीय नागरिकहरुले नेपालीहरुलाई पनि भारतको रक्सौल प्रवेशमा रोक लगाउदै नारा बाजि गर्दै मितेरी पुलमा प्रदर्शन गरेका हुन् । बिरगंज रक्सौल तर्फ गएका नेपालीहरुलाई भारतीयहरुले मितेरीपुलमा नै रोकेर अभद्र ब्यहार समेत गरेका छन।
सोही क्रममा नेपाली पत्रकार पर्सा पोस्ट सप्ताहिकका प्रकाशक अजित भुजेलले प्रदर्शन गर्दै गरेको दृश्य कैद गरि रहंदा भारतीय नागरिकहरुले जबर्जस्ती हाथ पात गाली गलौज गर्दै मोबाइल खोसेर प्रदर्शन गर्दै आएको दृश्य लाई भारतिय नागरिकले मोबाइलबाट डिलिट समेत गरेको पत्रकार अजित भुजेलले अंकुश दैनिकलाई जानकारी गराएका थिए।