विदेशी अगरबत्तीको नाउँमा लोकल अगरबत्ती विक्री वितरण गर्ने एक फर्मलाई कारवाही तथा जरिवाना

1,482

संतोष रन्जितकार
वीरगंज, १० मंसिर ।
लोकल अगरबत्तीलाई बैंगलोर (विदेशी) अगरबत्ती भनेर बिक्री वितरण गर्ने एक फर्मलाई कारवाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, घरेलु तथा साना उद्योग कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं.२, बिरगंज महानगरपालिका र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सो फर्मलाई कारवाही गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं.१६ बाईपास बैष्णव मन्दिर स्थित निरज कुमार गुप्ताको नाममा रहेको जय अम्बे ट्रेड एन्ड जेनरल अर्डर सप्लायर्सलाई सो टोलीले कारवाही तथा जरिवाना गरेको थियो ।
सप्लायर्सले बै·्लोरको निल पर्फ्युमरी वर्क्सको विभिन्न ब्रान्डको केवडा, चम्पा र रजनीगन्धा अगरवत्तीको खाली खोल ल्याई त्यसमा लोकल अगरबत्ती प्याक गरेर बिक्री वितरण गरिएको भनी उजुरी आएपछि सो सप्लायर्समा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा फर्ममा उजुरीमा उल्लेख गरिएको जस्तै विदेशी कम्पनीको खोलमा लोकल अगरबत्ती प्याक गरी विक्री वितरण गरिरहेको पाइएको थियो । अनुगमन टोलीले उक्त सप्लायर्सबाट बे·्लोरका विभिन्न ब्रान्डका अगरवत्तीको खाली खोल १०० थान बरामद गरेको थियो ।
अनुगमन टोलीले उक्त फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खन्ड “ङ” बमोजिम साविक गुणस्तर, मुल्य ढाँटी, झुक्याई बिक्री गरेको कसुरमा सोही ऐन २०७५ को दफा ३९ को खन्ड “घ” बमोजिम रु. २ लाख ५१ हजार तत्काल जरिवाना गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय कुमार श्रीवास्तवको नेतृत्वमा गएको टोलिमा नायब सुब्बा नारायण प्रसाद आचार्य, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलिप ख· खत्वे, घरेलु तथा साना उद्योग कार्यालय पर्साका नायब सुब्बा अशोक पान्डे, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं.२ का अध्यक्ष केसि लामिछाने, बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक पुष्कर भन्डारी लगायतको सहभागिता रहेको थियो ।