सडक विभागले सडक निर्माणमा ढिलाई गरेकोमा जितपुर बासीहरु आक्रोशित

73

जितपुर बारा, १० मसिर ।
बारा जीतपुरका समाज सेवी तथा युवा मनोज कुमार साहले पुन: आन्दोलनमा उत्रीने चेतावनी दिएका छन् । बाराको जीतपुरसिमरा उप–महानगरपालिका–७ जीतपुरमा सडक विभागले बाटो निर्माणमा ढिलाई गरेको भन्दै बारम्बार विभागलाई ध्यानाकर्षण गराएपनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिने साहले चेतावनी दिएका हुन् ।
विभागको यस्तो कार्यप्रति जितपुरबासीहरु पहिला पनि आन्दोलन तथा चक्काजाम जस्ता प्रदर्शन गरिरहेको अवस्थामा विभागले समय थप गरी हिन्दुहरुको महान छठ पर्व पछि निर्माणको कार्य शुरु गर्ने भनेर अन्तिम समय लिएको थियो । तर छठ पर्व सकिएपनि सो निर्माणको कार्य शुरु नभएपछि युवा साहले एक प्रेस विज्ञप्ति जारी गर्दै विभागलाई अब कार्य शुरु नगरे जितपुरबासीहरुले पुन: आन्दोलन गर्ने भनी चेतावनी दिएका हुन् ।
पटक–पटक विरोध प्रर्दशन गरेपछि सडक विभागद्वारा २ चोटी समय थप गरि छठ बिते लगतै जसरि पनि जीतपुरमा सडक नर्माण तिव्रगतिमा शुरू गरिने सडक विभाग र स्थानिय विच मौखिक सम्झौता गरिएको थियो । सडक विभागद्वारा छठ बिते लगतै काम शुरू गर्ने भनिएको थियो तर छठ बितेको ४ दिन बितिसक्दा पनि सडकमा कुनै पनि काम शुरू नभएपछि उक्त स्थानका स्थानीयहरु आक्रोशित बन्दै गएको उनले बताए ।
जीतपुरका युवा मनोज कुमार साहले भने सडक विभागले जीतपुरलाई जानि जानि हेला गरेझै गरिरहेको छ, अब हामी यो हेलाको विरोध गर्दै आक्रामक आन्दोलनमा जाने बताउदै एउटा प्रेस विज्ञप्ति निकालेका थिए ।