देशमा हिन्दू राष्ट्रको लहर बढ्दै गईरहेको छ : केन्द्रिय अध्यक्ष पटेल

19

संतोष रन्जितकार
वीरगंज, १२ मंसिर ।
हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बीरगंजमा संचारकर्मीहरुसंग कुरा गर्दै भने देशमा हिन्दू राष्ट्रको लहर बढ्दै गईरहेको तथा अब घोषणा गर्न मात्र बाकी रहेको बताएका छन् ।
उनले धर्म–निरपेक्षताको आडमा देशका प्रमुख राजनीतिक दलले नाजायज फाइदा उठाउँने कार्य मात्र गरेका छन् भने सनातन धर्म माननेहरु माथि दमन शोषण हुनु, आस्था केन्द्र माथि आक्रमण, गौ हत्या र तस्करी, लबजिहाद, धर्म परिवर्तन जस्ता कार्यले सम्पूर्ण कुरा प्रष्ट पारी सकेको बताए । सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने सेतु हो हिन्दू राष्ट्र नेपाल मात्र रहेको उनको भनाई रहेको थियो ।
मुलुक जोगाउन र सम्पूर्ण नेपाली लाई एक सूत्रमा समेटने संजीवनी हो हिन्दू राष्ट्र।आज रहेक राजनीतिक दल भित्र हिन्दू राष्ट्रको बहस हुनु,हिन्दू राष्ट्रको कार्यक्रममा सहभागी हुनु,देश भरी चर्चा परी चर्चा हुनु,विश्व भरिका सनातन धर्म मानने सम्पूर्णको सुबेक्षा बढनु लगायत शहर, देश तथा गाँउ सम्मका नेपाली दाजुभाई र दिदिबहिनी जागरूक हुन हिन्दू राष्ट्र नेपालको लहर पैदा भएको संकेत गर्दछ पटेलले भने ।
आजकल मुलुकमा बिदेशीहरुको दलाली गर्ने नेताहरुको कारण मुलुकको राष्ट्रियता खतरामा रहेको छ । विश्वमा हिन्दू राष्ट्रबाटै नेपाल र नेपालीहरुको पहिचान रहेकोले हिन्दू राष्ट्र नेपाल भए मात्र देशको समृद्धि, एकता, अखंडता, स्वभिमान र बिकास हुने पटेलले ठोकुवा गरेका थिए ।