प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री सोनलद्वारा सुविधा सम्पन्न होटेलको उद्घाटन

89

संतोष रन्जितकार
कलैया, १२ मंसिर ।
बाराको कलैयामा पर्यटनहरुको आगमन बढेपछि तथा उनीहरुलाई बस्न सास्ती भएपछि एक सुविधा सम्पन्न होटेल खोलिएको छ । कलैया उपमहानगरपालिका–४ मा रहेको पर्सा सिटी क्लोनि परिसरमा बनेको नव निर्मित होटल सुबिधा सम्पन्न होटेल करण राज प्यालेसको प्रदेश २ का भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले शुक्रबार उदघाटन गरेका हुन् ।


होटेलको उदघाटन गर्दै मन्त्री सोनलले सुविधाजनक होटेल सञ्चालनमा आएपछि यसले जिल्ला मात्र नभई प्रदेश कै पर्यटन बिकासमा टेवा पुग्ने बताएका छन । यस्ता पुर्वाधारको बिकासका लागि आवश्यक पर्ने सबै प्रकारको सुरक्षा प्रदेश सरकारले उपलब्ध गराउने बताए । स्वीट, डिलक्स र स्ट्यान्डर्ड गरी २० ओटा कोठा, ४ ओटा हल लगायतको सुविधा रहेको प्रबन्धक धनिलाल सरार्फले बताएका थिए ।


राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संघ/संस्थाका कार्यक्रम सञ्चालन तथा वैवाहिक कार्यक्रमको लागि यो होटल बढी उपयोगी हुने सञ्चालक मणिलाल सरार्फको दाबी रहेको छ ।
पर्सा राष्ट्रिय निकुन्ज, विश्व प्रसिद्ध गढीमाई मन्दिर, सिम्रौणगढ,हलखोरिया दह लगायतका स्थानले पर्यटनको बसाइ लम्बिने र आन्तरिक पर्यटन प्रबर्धनमा जोड दिने विश्वासका साथ होटल सञ्चालनामा ल्याइएको सरार्फले बताए ।
होटल परिसरमा १० देखि ३ सय जना अट्ने हल, भीआईपी बेड रुम, एमपी थ्रेटर गार्डेन जहा विवाह, बर्थडे पार्टी गर्न सकिने जनाउदै केही महिना भित्र जिमहाउस, स्वीमिङ पुल, ग्रीन गार्डेनलगायत सुविधा थप्ने जनाइएको छ ।