मेला हेर्ने बहानामा साहले गरे पासवानलाई बेपत्ता

281

सत्येन्द्र प्रताप सिंह
रौतहट, १२ मंसिर ।
रौतहटमा एक जना केटालाई ललाई फकाई गरी बेपत्ता गरेको समाचार प्रकाशमा आएको छ । रौतहटको राजदेवी नगरपालिका वडा न. १ झुनखुनवा निवासी सजित पासवान कात्तिक १० गते देखि हराई रहेको जानकारी प्राप्त भएको छ ।
प्राप्त जानकारी अनुसार बितेको कात्तिक १० गते कै दिन स्थानीय बासी राजेश साहले मेला हेर्ने जाउ भनी ललाई फकाई पासवानलाई लागेको तथा सोही दिन देखि बेपत्ता एवं सम्पर्क बिहिन अवस्थामा रहेकोले राजेश साह माथि शंकाको विषय भएको स्रोतबाट वुझिएको छ ।
घटनाको विषयमा किटानी निवेदन सहित खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दिएको पिडित बिहारी हजराले बताएका छन । पिडित हजारको भनाई अनुसार वितेको कात्तिक १० गतेका दिन मेरो छोरा सजीत पासवानलाई स्थानीय राजेश साहले ललाई फकाई गौर मेला हेर्ने जाउ भनी फकाएर लागेको तथा बेलुका आफू घर फर्कदा मेरो छोरालाई बेपत्ता गरेको आरोप लगाउदै हालसम्म खोज तलास गर्दा अतो–पतो समेत नरहेको बताए । पिडित हजराले सम्बन्धित निकाय, मानव अधिकार लगायतका क्षेत्रमा न्यायको माग गरेका छन् ।