लैङ्गिक हिंसा विरुद्ध जनचेतना–मूलक कार्यक्रम सम्पन्न

64

संतोष रन्जितकार
वीरगंज, १२ मंसिर ।
समुदाय प्रहरी साझेदारी अन्तर्गत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा शुक्रबार लैङ्गिक हिंसाविरुद्धको जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा महिला हिंसा विरुद्ध र्‍याली समेत निकालिएको थियो । उक्त र्‍यालीमा महिला हिँसा बन्द गरै, घरेलु हिँसा बन्द गरै, दाईजो प्रथा बन्द गरै, बाल विवाह बन्द गरै लगायतका नारा लगाउँदै गाउँपरिक्रमा गरि पुन: ईलाका प्रहरी कार्यालय जानकी टोला परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष विहारी महतोले छोरा झैं छोरीलाई पनि समाजमा बराबरको अधिकार दिनु पर्ने, छोरा झैं छोरीलाई पनि समान शिक्षा दिनु पर्ने बताएका थिए ।


केही दिन यता पर्सा जिल्लामा महिला हिँसाको घटनामा वृद्धि भईरहेको देखिन्छ । यसरी नै समाजमा महिला हिँसा सम्बन्धित जनचेतना मुलक कार्यक्रमहरू गरिने हो भने महिला माथि हुने हिंसामा केही नियन्त्रण गर्न सकिने वडा अध्यक्ष महतोले बताए ।
ईलाका प्रहरी कार्यालय जानकी टोला चौकिका सई सुर्य नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सो वडाका वडा अध्यक्ष, नागरिक समाजका अगुवा तथा जनप्रतिनिधि, समाजिक अभियन्ता र स्थानीयहरूको उपस्थित रहेको थियो ।