सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं स्थापना दिवस सम्पन्न, ५ जना सम्मनित

27

संतोष रन्जितकार
वीरगंज, १२ मंसिर ।
सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा समाजको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ५ जनालाई सम्मान गरेको छ ।
पर्सागढी नगरपालिकाको विरुवागुठीमा अवस्थित सहयात्री बचत तथा सहकारी संस्थाले पर्सामा रहेका ६६७ सहकारी संस्थाहरु मध्ये अब्बल कार्य सम्पादन गर्दै आएको तथा संस्थाले समाजसेवी, संचारकर्मी र सहकारी अभियानका अभियन्ता गरी ५ जनालाई सम्मान समेत गरेको हो ।
सम्मानित हुनेहरुमा समाजसेवीहरु हरिशंकर सिंह, सरस्वती घिमिरे र समसुद्दीन साह देवान, थाहाखबर डट कमका पत्रकार तुलसी भण्डारी र सहकारी अभियानका अभियन्ता मिनराज गौतम रहेका छन् । सम्मानित हुनेहरुलाई पर्सागढी नगरपालिका नगरप्रमुख लोकनारायाण यादव सहित संस्थाकी अध्यक्ष गोमा उप्रेतीले दोसल्ला ओढाई कदरपत्र सहित सम्मान गर्नु भएको थियो ।


सदरमुकाममा रहेर ठूलो आर्थिक कारोवार गर्दै नाफा कमाइरहेका सहकारी संस्थाहरुलाई चुनौति दिदै ग्रामिण क्षेत्रमा रहेर पनि सहयात्री सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा एसइईमा अब्बल रहेका एक छात्र र एक छात्रा तथा स्नातकोत्तरका पनि एक छात्रलाई छात्रवृद्धि सहित प्रसंसा पत्र प्रदान गरेको छ ।
त्यसैगरी एसइईकै चन्द्रकिशोर ओझैया, विवेक पासवान, प्रेमशिला पासवान, चेतकुमारी परियार, रोशन महतोलाई पनि प्रशंसा पत्र समेत प्रदान गरी शिक्षा आर्जनमा अझ अब्बल हुन प्रेरणा दिइएको छ ।
संस्थाले समयमा ऋण लिएर चुस्त कारोवार गर्ने सन्जुदेवी, रविन गुरु·, कर्मचारी विविलक्ष्मी थि·, बचत सदस्य राममाया लोप्चन र संदिप कुमार कुर्मीलाई पनि पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक वीरेन्द्रराज कंडेलले जानकारी गराएका थिए ।
संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै साँझ दिपावली मनाएर आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सुरेश लाखे, जिल्ला सहकारी संघका अध्यक्ष राजेश पंडित लगायत संस्थाका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीय भद्रभलादमीहरुको सहभागिता रहेको थियो । संस्थाका सल्लाहकार बालकृष्ण श्रेष्ठले स्वागत मनतव्य व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन डिल्लीराम आचार्यले गर्नु भएको थियो ।