“सिरिसिया सफाई” महाअभियान पाँचौं सातामा

95

बीरगन्ज ।
वातावरण: जिउने आधारद्वारा आयोजित “सिरिसिया सफाई” महाअभियान पाँचौं सातामा प्रवेश गरेको छ । `सफा र स्वछ जलको लागि हफ्तामा २ घण्टा´काे नारा लिएर अगाडि बढेको र आउने हप्ताहरुमा पनि हामी सबै हातोमालो गरी यो महाअभियानलाई सफल पर्ने वातावरण: जिउने आधारका केन्द्रिय कोषाध्यक्ष रोशन पटेलले बताए ।

अभियान अन्तर्गत आज रानीघाट-११ र रामगढवा-२४मा सरसफाइ गरिएको थियो ।

सरसफाइ कार्यक्रममा बिरगंज महानगरपालि वडा नं ११का वडा अध्यक्ष प्रधुमन सेढाई, राम जानकि मठका अध्यक्ष तारा चन्द,सामुदायिक सेवा केन्द्र मुर्लीका सचिब दिलिप प्रधान,जिल्ला ट्राफिक प्रहरी, पत्रकार राजन रौनियार, वातावरण: जिउने आधार पर्साका कर्यकारी अध्यक्ष राजन गिरी, जिल्ला उपाध्यक्ष पवन पटेल,सचिव मुस्कान, प्रभाकर चौरसिया, मयंक गुप्ता,
लगायत स्थानीय भद्रभलाद्मीको सहभागीता रहेको थियो ।

सिर्सिया नदी सरसफाईका लागि आफुहरुले सुरु गरेको अभियानमा जोडिन सबै अभियन्तालाई संस्थाले आग्रह समेत गरेको छ ।