स्थानीयहरुद्वारा सडकको काम शुरु गर्न मांग गर्दै ब्यापारीक मार्ग कार्यालयमा ज्ञापन

65

जितपुर बारा, १२ मंसिर ।
जीतपुर बजार क्षेत्रमा सडकको काम आईतवारबाट शुरु नभए आन्दोलन गर्ने माग सहित जीतपुर युवा समाजले सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाएका छन् । पथलैया–विरगंज ब्यापारीक मार्ग अन्तरगत जीतपुर बजार क्षेत्रको ६ लेन सडक निर्माण गर्न निर्माण ब्यवसायीले ढिलाई गरेको भन्दै यहाँका युवा समाजले आईतवारबाट काम शुरु नभए आन्दोलन गर्ने भन्दै ६ लेन ब्यापारीक मार्ग कार्यालय पथलैया, ईलाका प्रशासन कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय सिमरामा ज्ञापन पत्र बुझाएको हुन् ।
२ वर्ष भित्र निर्माण सम्पन्न गर्ने जिम्मा पाएको युनाइटेड बिल्डर्सले हाल लगभग ४ वर्ष बितिसक्दा पनि काम शुरु नगरेको भन्दै यहाँका युवाहरुले काम शुरु गर्न दबाब सहित ज्ञापन पत्र बुझाएको युवा समाज जीतपुरका संयोजक मनोज साहले जानकारी दिएका हुन् ।