पर्सा प्रहरीद्वारा ठोरीमा लगाइएको अवैध गाँजा खेती नष्ट

52

संतोष रन्जितकार
वीरगंज, १३ मंसिर ।
पर्सा प्रहरी टोलीले ठोरी गाउँपालिकामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ । पर्साको ठोरी गाउँपालिका वडा नं. ५ को आठघरे ठुलो बाघमोर्चा र सानो बाघमोर्चामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।
ईलाका प्रहरी पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापा र ईलाका प्रहरी ठोरी प्रहरी निरीक्षक अशोक कुमार साहको संयुक्त टोलीले करिब २ बिगहामा लगाइएको गाँजा खेती नष्ट गरेको थियो । प्रहरीले ठुलो बाग्मोर्चाको ओरिया खोला को डिल लगायतका स्थानमा लगाएको अवैध गाँजा फाडेर नष्ट गरेको हो ।
दुई बिघामा लगाइएको करिब ५० हजार गाँजाको बोट नष्ट गरिएको तथा कसले गाँजा खेती गरेको भनी अहिले खुल्न नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।