बिजनेस डेभलोपमेन्ट प्लान नामक पुस्तकको विमोचन कार्यक्रम सम्पन्न

51

संतोष रन्जितकार
वीरगंज, १३ मंसिर ।
वीरगंज पब्लिक कलेजको आयोजनामा र हेल्भिटास नेपालको सहयोगमा एक पुस्तक विमोचन गरिएको छ । वीरगंजको होटेल भिस्वामा शनिबार वीरगंज पब्लिक कलेज र हेल्भिटास नेपाल तथा विभिन्न व्यक्तिहरुले सो पुस्तकको विमोचन गरेका हुन् ।
वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्यको सभापतित्व तथा सनराईज बैंक का शाखा प्रबन्धक नितेश खड्कीको प्रमुख आतिथ्यतामा बिजनेश डेभलोपमेन्ट प्लान नामक पुस्तकको विमोचन गरिएको हो ।


उक्त पुस्तकमा नया व्यापार व्यवसाय सुरुवात कसरी गर्ने, व्यापार व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ, यस सम्बन्धि कस्तो योजना हुनु पर्दछ र यसले फाईदा कति दिन्छ भन्ने बारे जानकारी गराइएको छ ।
वीरगंज पब्लिक कलेजमा अध्यनरत एमबिए र बिबिएका विद्यार्थीहरुले प्रस्तुत गरेका सो पुस्तकमा उनीहरुले आ–आफ्नो व्यापार व्यवसायका योजना, स्थानीय उत्पादनको खपत, स्वास्थ्यलाई फाइदा, रोजगारि, कम लागतमा नया व्यापार, क्वालिटी, कम समयमा होम डेलिभरी, समयको बचत लगायतका कुराहरु समेटिएका छन् ।


सो अवसरमा हेल्भिटास नेपालका कृष्णलाल कर्ण, उद्यमि सरोज कोईराला, क्रिएटिभ स्किल हेल्भिटासका प्रमुख राकेश साह, एनआईसी एशिया बैंक बिरगंज शाखाका प्रबन्धक पुजा खेतान, सन्चारकर्मी आशुतोष सरार्फ, मानव सेवा आश्रमका देबेश गुप्ता, बिपिसीका अरबिन्द श्रेष्ठ, बासुदेव लाल कर्ण लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन सुश्मिता भुशालले गर्नु भएको थियो भने स्वागत मन्तव्य मनिष चालिसेले गरेकी थिइन् ।