भ्रष्टाचारमा डुबेका नेताहरुले देशको विकास नभई विनाश गरिरहेका छन् : केन्द्रिय उपाध्यक्ष पराजुली

93

संतोष रन्जितकार
वीरगंज, १३ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति पर्साले शनिबार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । सो पार्टी प्रवेश कार्यक्रम सुमेश्वर नाथ उपाध्यायको अध्यक्षता तथा राप्रपाका केन्द्रिय उपाध्यक्ष राजिव पराजुलीको प्रमुख आतिथ्यमा पार्टीको आफ्नै कार्यालय परिसरमा आयोजना गरिएको थियो ।


कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष पराजुलीले श्री ५ बडा महाराजधिराज श्री पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय उपाध्यक्ष पराजुलीले जनताले राजतन्त्र हटेर लोकतन्त्र गणतन्त्र आएपछि के–के न पाउला भनी सोचेको थियो ? तर जनताले सोचको भन्दा ठीक उल्टो भएको उनले बताए ।
उनले भने जनताले नत शान्ति सुरक्षा नै पाउन सके, लोकतन्त्र गणतन्त्रको नाममा नेताहरुले लुट मच्चाउदै आएको र भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेताहरुले देश बिकाशको ठाउँमा बिनाशको काम गर्दै आएको बताएका थिए ।


उनले राजतन्त्र भएको बेला एउटै राजा हुन्थे भने लोकतन्त्र र गणतन्त्रमा कैयौ राजाहरु भएकोले देश विकासको सट्टा उल्टै विनाश तर्फ गइरहेको उनले ठोकुवा गरे । अहिलेको अवस्था देखेर जनताहरुले राजा आउ देश बचाउ भन्दै पुन: राजाको तथा हिन्दु राष्ट्रको माग गरिरहेका छन् ।
कार्यक्रममा नेपाली का·्रेस, नेकपा एमाले तथा विभिन्न दल प्रत्याग गरी महम्मद शेख अताउल हकको नेतृत्वमा ५ महिला सहित १५१ जना पार्टी प्रबेश गरेका थिए । नवप्रवेशीहरुलाई अबिर र फुलको माला लगाएर उनले स्वागत समेत गरेका थिए ।
पार्टी प्रबेश कार्यक्रममा केन्द्रिय सदस्य रामदेव महतो, नगिना यादव, महिला संगठनका केन्द्रिय सदस्य निरा झा, बबिता तिवारी, ईन्दिरा भन्डारी, ट्रेड युनियनका जिल्ला अध्यक्ष योगेन्द्र राउत, क्षेत्रीय अध्यक्ष सुदामा प्रसाद कानु, पोखरिया नगर अध्यक्ष दशरथ राउत कुर्मी लगायत स्थानीय भद्रभलादमीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम सन्चालन रामबिहारी पाण्डेयले गर्नु भएको थियो ।