लैङ्गिक हिंसा विरुद्ध जनचेतनामूलक र्‍याली

113

संतोष रन्जितकार
वीरगंज, १३ मंसिर ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ ले लै·िक हिंसा विरुद्ध जनचेतनामूलक र्‍याली निकालेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ पर्साले लैंगिक हिंसा विरुद्ध जनचेतनामूलक र्‍याली निकालेको हो ।
उक्त र्‍यालीले समाजमा बढ्दै गएको लैंगिक हिंसाको बारेमा जनचेतना फैलाउंदै नगरको विभिन्न भागहरु परिक्रमा गरेको थियो । सो र्‍याली प्रहरी विट छपकैया श्रीराम हल चौकबाट शुरु भई जिल्ला पर्सा बी.म.न.पा. २ स्थित तुथबारी, शान्तिटोल, नेपाली टोल हुदै संसारीमाई मन्दिरमा पुगी सम्पन्न भएको थियो ।


सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष श्री हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्र.नि. श्री राजेशराज पुरीको प्रमुख आतिथ्यमा निकालिएको र्‍यालीमा वडा समिति कार्यालय वडा नं.२ का महिला सदस्य नेशा खातुन, स्थानिय समजसेवी, राईजि· वीरगंज नेपालका अध्यक्ष तथा पदाधिकारी र सामुदायिक सेवा केन्द्र छपकैयाका पदाधिकारी, प्र.स.नि. रामेश्रुवर प्रसाद यादव, प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज. राज कुमार तामा· लगायतको उपस्थिति रहेको थियो ।